कोशी


पूर्वी जिल्ला भ्रमणमा व्यस्त बालेन बिहानै संखुवासभा पुग्दा (१३ तस्बिर)

पूर्वी जिल्ला भ्रमणमा व्यस्त बालेन बिहानै संखुवासभा पुग्दा (१३ तस्बिर)

नेपालखबर
माघ १०, २०८२ शनिबार ११:४५, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार बालेन्द्र शाह (बालेन) साविक कोसी अञ्चलका जिल्लामा भेटघाटमा व्यस्त छन्।

यस क्रममा उनी इलाम, पाँचथर, ताप्लेजुङपछि तेह्रथुम हुँदै आज (शनिबार) बिहानै संखुवासभा पुगेका छन्। 

संखुवासभामा बालेनले रास्वपा उम्मेदवार मिङ्‌मा शेर्पासँग भेटघाट तथा छलफलपछि स्थानीयसँग फोटो खिचाएका थिए।

त्यसअघि उनी शुक्रबार साँझ तेह्रथुमको म्याङ्लुङ बजारमा बसेका थिए। शनिबार बिहान त्यहाँ रहेको म्याङ्लुङ देवीको दर्शनपछि उनी संखुवासभाको चैनपुरतर्फ लागेका थिए।

बालेनको सचिवालयका अनुसार तेह्रथुमको वसन्तपुरमा गाडीबाट ओर्लिएर उनले चोलुङ पार्कको गरे अवलोकन गरेका थिए। त्यसपछि हिँड्दै उनी चैनपुर पुगेका थिए।

चैनपुरपछि बालेन फर्किएर धनकुटातर्फ लागेका छन्। उनले धनकुटामा पनि छोटो भेटघाट राखेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न झापा-५ मा उम्मेदवारी दर्ता गराएका काठमाडौँका पूर्वमेयर बालेन आफ्नो पार्टीका उम्मेदवारको हौसला बढाउन पूर्वका जिल्ला घुमिरहेका हुन्।

हेर्नुहोस् शनिबार बिहान संखुवासभामा बालेन पुग्दाका तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad