राजनीति


नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्‍यो निष्कासन

नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्‍यो निष्कासन

नेता हरिबोल गजुरेल (फाइल फोटो)


नेपालखबर
माघ १०, २०८२ शनिबार ११:५६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

नेकपाले हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा) र जिवछ साह (सिराहा) लाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निकालेको हो।

नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालको संयुक्त हस्ताक्षरमा शनिबार जारी विज्ञप्तिअनुसार ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेकाले विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको हो।’

शुक्रबार मात्र नेता गजुरेल सिन्धुली-२ मा बागी उम्मेदवारी फिर्ता लिन पार्टीले दिएको निर्देशनविपरीत त्यहाँका बागी उम्मेदवार महेश्वर दाहालको चुनावी प्रचारमा निस्किएका थिए। 

हेर्नुहोस् निष्कासनबारेको विज्ञप्ति-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad