कोशी


कोसीका सांसदको गुनासो : प्रदेशसभामा बोलेका कुरा सम्बोधन भएन

कोसीका सांसदको गुनासो : प्रदेशसभामा  बोलेका कुरा सम्बोधन भएन

नेपालखबर
माघ २९, २०८१ मंगलबार १९:११, काठमाडौँ

कोसी प्रदेशसभाको शून्य समयमा बोल्दै सांसदहरूले प्रदेशसभामा उठाइएका विषयलाई सरकारले सम्बोधन गर्न नसकेको गुनासो गरेका छन्। कोसी प्रदेशसभाको मंगलबारको शून्य समयमा बोल्दै सांसदहरूले सकारलाई जवाफदेही हुन आग्रह गरेका हुन्।

सुनसरीका सांसद विजयकुमार राईले शून्य, विशेष समयमा धेरै विषयहरू प्रदेश सांसदले उठाउँदै आएको भए पनि बोल्ने मात्रै काम भएको र सम्बन्धित निकायमा गएर सम्बोधन नभएको गुनासो गरे। सांसदले  प्रदेश सभामा बोल्ने मात्रै काम भएको उनको भनाइ छ।

‘रातो किताबमा परेका बजेटहरू कार्यान्वयन गर्ने क्रममा कुन  निकायले अनुगमन गरेको छ? अहिले परेको बजेटहरू भोली गएर मन्त्रालयमा गएर कार्यान्वयन गरिदिनु पर्‍यो भनिरहँदा कर्मचारीले कार्यान्वयन गरेन भनेँ म ङिच्च दाँत देखाएर फर्किनु हो?, ' उनले भने, जनताको काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने की नगर्ने?’

जनताका आवाज उठाउने जनप्रतिनिधिको थलोमा सरकारले कान मात्रै नसुनेको हैन सरकारले आँखा पनि नदेखेको बताए। सरकारले कान पनि सुन्नु पर्ने र आँखा पनि देख्नु पर्ने भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरे।

इलामका सांसद समसेर  राईले केचना-कचनजंगा कोरिडोर अन्तरगतको इलामको माई नगरपालिकाको सोमबारे बजारदेखि इलाम नगरपालिकाको भन्ज्याङसम्म निर्माण भइरहेको सडकको अवस्था असाध्यै दुखलाग्दो भएको बताए।  

यो सडक २०७८ असार २९ गते काम सुरु गरेर २ं०८० पुस २८ गतेसम्ममा सम्पन्न हुनु पर्नेमा फेरी म्याद थपिएको बताए। २०८२ असार १८ गतेसम्मको लागि काम सक्नु पर्नेमा अहिलेसम्म भौतिक प्रगति नदेखिएको उनको भनाइ छ।

‘सडक निर्माणको नाममा सञ्चालनमा रहेको क्रसर निरन्तर चलिरहेको छ, उनले भने, बाटो चैँ नबनाउने तर त्यो कसर कसरी चल्दै छ ?’ सङ्घीय सरकारले निर्माण गरेको सडक भएकोले यो विषयमा प्रदेश सरकार मार्फत सङ्घीय सरकारले समय यो विषयलाई गम्भीर रूपमा लिन आग्रह गरे। उनले भने, ‘अबको ५ महिनाको अवधिमा बाटो बन्छ की बन्दैन? कसको कारणले गर्दा यस्तो भएको हो ?इलामको.जनताले सधैँ सास्ती पाइरहनु पर्ने हो?’

राजद्धालीमा सडक नबनेको अवस्थामा यही सडक नै अहिलेको छोटो सडक  भएको पनि स्पष्ट पारे। सांसद राईले २०७६ भदौ २३ सम्झौता भएको इलाम बजार-सन्दकपुर पर्यटकीय सडकको काम २७ प्रतिशत मात्रै भौतिक प्रगति भएको भन्दै प्रदेशका योजनाहरूको अवस्था पनि उस्तै रहेको बताए। विभागीय मन्त्रालयका मन्त्रीबाट तत्काल अनुगमन गर्न उनले माग गरे। 

झापाका सांसद चिन्तन पाठकले कैदी बन्दीको अवस्था कारुणिक र मार्मिक रहेको बताए।  कारागारहरूमा बिजोग रहेको कैदी बन्दीहरूको समस्याको विषयमा केन्द्रीय सरकार र प्रदेश सरकारको ध्यान जानु पर्ने बताए। 

सांसद रोहितबहादुर कार्कीले  घरबार विहीन रहेका ऋषिदेव समुदायको लागि खानेपानी, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न माग गरे । उनले जोगवनी–किमाथाङ्का सडकको दुहबी क्षेत्रको विस्तार गर्न सरकारलाई आग्रह गरे।

सोलुखुम्बुकी डोल्मा तामाङले  बालबालिकालाई मानसिक र शारीरिक स्वास्थ्यकोलागि खेलकुद र शिक्षा नीतिमा ध्यान दिन आग्रह गरिन् । उनले बाल बालबालिका खेल्दै सिक्ने खेल मैदान असाध्यै साना र जीर्ण खालको रहेको उल्लेख गरिन्।  इलामका गोविन्द गिरीले कर असाध्यै बढाइएको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad