ad ad

कोशी


कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, गठबन्धनले पनि समर्थन गर्ने

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, गठबन्धनले पनि समर्थन गर्ने

नेपालखबर
कात्तिक १, २०८० बुधबार ७:३५, काठमाडौँ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार ) विश्वासको मत लिँदै छन्।

त्यसका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बस्दै छ।

आफ्नो पार्टीका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा गत शनिबार मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले नियुक्तिको ५ दिनमै प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्। 

मुख्यमन्त्री कार्कीलाई प्रदेश सरकारमा रहेको एमालेले मात्र होइन, केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलले पनि विश्वासको मत दिने बताइसकेका छन्। 

तर माओवादी केन्द्रलगायत गठबन्धनका अन्य दललाई कोशी सरकारमा भित्र्याए, आफू भने बाहिरिने एमालेको भनाइ छ। 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

भनेबमोजिम एमाले र केन्द्रीय सत्ता गठबन्धनका दल सबैले विश्वासको मत दिए भने मुख्यमन्त्री कार्कीलाई बहुमतका लागि फालाफाल हुनेछ।

प्रदेशसभामा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) को १ जना सांसद छन्। यसमा एमालेबाहेक बाँकी सबै दल केन्द्रीय सत्ता गठबन्धनका हुन्। 

माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनका सबै दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने सहमति भइसकेको दाबी गरेका छन्। 

६ सिट भएको राप्रपाले भने यसअघि नै तटस्थ बस्ने निर्णय गरिसकेको छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .