ad ad

कोशी


आगामी आवका लागि कोसीले ल्यायो ३५ अर्ब २७ करोडको बजेट (पूर्णपाठ)

आगामी आवका लागि कोसीले ल्यायो ३५ अर्ब २७ करोडको बजेट (पूर्णपाठ)

कोसीका आर्थिक मामिलामन्त्री रामबहादुर मगर।


नेपालखबर
असार १, २०८१ शनिबार १६:५७, काठमाडौँ

कोसी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। 

कुलमध्ये चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख र वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख बजेट छुट्याएको प्रदेशका आर्थिक मामिलामन्त्री रामबहादुर मगरले जानकारी दिए। 

चालू खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका लागि ३ अर्ब रहेको उनले बताए। 

बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदानबाट ४ अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने उनले बताए। 

बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने पनि उनले उल्लेख गरे। 

चालू आर्थिक वर्षमा कोसी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .