कोशी


मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

नेपालखबर
चैत २६, २०८२ बिहिबार २१:४०, विराटनगर

मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ग्रामथान–६ मा रहेको श्री पब्लिक माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियम विपरीतका कार्यहरू गरेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका वडा नं. ७ बस्ने ४५ वर्षीय प्रेमलाल माझी रहेका छन्। बिहीबार बिहान इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

​शिक्षा ऐन २०२८ बमोजिम परीक्षा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad