कोशी


पूर्व-पश्चिम राजमार्गमा ‘होक्स बम’ राखेको आरोपमा नेकपा बहुमतका दुई नेता पक्राउ

पूर्व-पश्चिम राजमार्गमा ‘होक्स बम’ राखेको आरोपमा नेकपा बहुमतका दुई नेता पक्राउ

नेपालखबर
फागुन २०, २०८२ बुधबार २२:२०, विराटनगर

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का दुई जना नेताहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय  कृष्ण प्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय  सुमन पौडेल रहेका छन्।

चम्लागाइँ जिल्ला इन्चार्ज र पौडेल जिल्ला सचिव रहेको प्रहरीले जनाएको छ।

​इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब ४ः३० बजे उनीहरूलाई मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो।

उनीहरू आज दिउँसो  करिब १२ः१५ बजे सुन्दरहरैँचा नगरपालिका–१० को पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा फेला परेको ‘होक्स बम’सँग सम्बन्धित घटनामा  संलग्न रहेको हुन सक्ने भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट को ६ प ५११६ नम्बरको एउटा मोटरसाइकल, विभिन्न कम्पनीका ५ थान मोबाइल, १ थान पार्टीको झण्डा र १०७ थान पर्चा पम्प्लेटहरू समेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad