कोशी


नक्कली नोटसहित मोरङमा दुई जना पक्राउ

नक्कली नोटसहित मोरङमा दुई जना पक्राउ

नेपालखबर
माघ १४, २०८२ बुधबार २०:५७, विराटनगर

मोरङको रंगेली नगरपालिका क्षेत्रबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले रंगेली नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षीय सहमद हुसेन र सोही ठाउँका ४३ वर्षीय महेन्द्र मेहतालाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार, सहमद हुसेनले रंगेलीस्थित नवीन पुरीको पसलमा रेडबुल खरिद गर्दा र उज्ज्वल ढकालको किराना पसलमा उधारो तिर्ने क्रममा एक हजार दरका शंकास्पद नोटहरू दिएका थिए। पसल सञ्चालकहरूले नोटमा शंका लागेपछि प्रहरीलाई खबर गरेका हुन्।

तत्काल खटिएको प्रहरी टोलीले हुसेनलाई नियन्त्रणमा लिई उनले चलाउने प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारी जाँच गर्दा सिटमुनि लुकाएको अवस्थामा थप नोटहरू बरामद गरेको प्रहरीले जनाएको छ। 

अनुसन्धानको क्रममा उनले दिएको बयानका आधारमा माघ १४ गते बिहान महेन्द्र मेहताको घरमा समेत खानतलासी गरेको थियो।

मेहताको घरबाट पनि नक्कली नोटहरू बरामद भएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीको दावी छ।  

प्रहरीले दुवै जनाको साथबाट एक हजार दरका ९ थान नक्कली नेपाली नोट बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad