कोशी


झापा र सुनसरीमा ब्राउन सुगरसहित १२ जना पक्राउ, एम्बुलेन्समा गाँजा बरामद

झापा र सुनसरीमा ब्राउन सुगरसहित १२ जना पक्राउ, एम्बुलेन्समा गाँजा बरामद

फाइल फोटो


नेपालखबर
पुस २८, २०८२ सोमबार १५:६, ​विराटनगर

कोसी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागु औषध विरुद्धको सक्रियता बढाएको छ। यसै क्रममा झापा र सुनसरीका विभिन्न स्थानबाट ब्राउन सुगर सहित १२ जना पक्राउ परेका छन् भने धनकुटामा एम्बुलेन्स मार्फत भइरहेको गाँजा तस्करी प्रहरीले असफल तुल्याइदिएको छ।

झापाको गौरीगंज गाउँपालिका–२ बाट प्रहरीले मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले मेचीनगर र बुद्धशान्तीका ९ जनालाई ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर र ३७ हजार ५ सय रुपैयाँ नगद सहित पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बिमल मेचे, प्रबिन राई, बासु राजबंशी, सुरेश खड्का, कविस मेचे, कुमार गुरुङ, राजेन्द्र कुमार थापा, सन्दिप सराईली र घनश्याम माझी रहेका छन्। यसैगरी सुनसरीको धरानबाट विकास कार्की र अगृश तुलाधरलाई २२० मिलिग्राम ब्राउन सुगर सहित वडा प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

​यता धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा एम्बुलेन्स भित्र लुकाएर राखिएको ठुलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ। पुस २७ गते राती भेडेटारस्थित सडक किनारमा शङ्कास्पद अवस्थामा रोकिराखेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा भित्र प्लास्टिकको पोकामा प्याक गरिएको ४५९ किलो ९६५ ग्राम गाँजा फेला परेको हो। 

प्रहरी टोली पुग्दा एम्बुलेन्समा कोही पनि नभएकाले गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad