सर्लाहीमा एक व्यक्तिले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
सर्लाहीको लालबन्दीमा आज साँझ मोरङ घर बताउने एक पुरूषले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले आफ्नो नाम सूर्य प्रसाद पोखरेल र घर मोरङ बताएका छन्।
अहिले उनलाई प्रहरीले उद्धार गरेर सर्लाहीको लालबन्दीस्थित सिटी केयर हस्पिटलमा उपचारको लागि राखिएको छ।
घटनाको बारेमा प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।
उनका अनुसार, घटना स्थलमा प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालित भएको र थप विवरण आइसकेको छैन।
243
Shares

प्रतिक्रिया