पाकिस्तानले बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र सुपुर्दगी आन्तरिक मामिला भएको बताएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश कार्यालयका प्रवक्ता ताहिर आन्द्राबीले भने, ‘यो बंगलादेशको आन्तरिक मामिला हो। बंगलादेशको आफ्नै संविधान र कानुन छ।’
उनले बंगलादेशका जनतासँग आफ्ना समस्या आफ्नै लोकतान्त्रिक र संवैधानिक प्रक्रियाअनुसार समाधान गर्ने पूर्ण क्षमता रहेको पनि बताए।
यसै हप्ता बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई "मानवताविरुद्धको अपराध" र निहत्था प्रदर्शनकारीहरूमाथि गोली चलाएको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ।
हसिना हाल भारतमा छिन्।
जुलाई २०२४ मा सरकारी जागिरमा आरक्षणविरुद्ध बंगलादेशमा भएको विद्यार्थी आन्दोलन थेग्न नसकेपछि शेख हसिना भारत भागेकी थिइन्।
Shares

प्रतिक्रिया