सुनसरीको देवानगन्जमा दुई समूहबिच भएको झडपपछि एक जनाको मृत्यु भएको विषयलाई लिएर विराटनगरमा पनि प्रदर्शन भएको छ।
आइतबार राति दुई समूह बिचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। अन्य २२ जना घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
सुनसरीको घटनाको विषयलाई लिएर विराटनगरमा भएको प्रदर्शनमा दोषीलाई कारबाही माग गरिएको छ।
प्रदर्शनकारीहरूले विराटनगरका पसल तथा व्यवसायहरू बन्द गराउँदै हिँडेका थिए। उनीहरूले अहिले विराटनगरको मुख्य बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
60
Shares

प्रतिक्रिया