कोशी


कोसी प्रदेश सभा तरकारी बजारमा सर्‍यो, नयाँ ठाउँमा सचिव खड्काको शपथ

कोसी प्रदेश सभा तरकारी बजारमा सर्‍यो, नयाँ ठाउँमा सचिव खड्काको शपथ

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १६:२९, काठमाडौँ

कोसी प्रदेश सभा एकीकृत कटहरी गाउँ पालिकामा रहेको थोक तरकारी तथा फलफुल बजारमा सरेको छ।

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रदेश सभामा आगजनी भएपछि प्रदेश सभा तरकारी बजारमा सारिएको हो।  

कोसी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सृजना दनुवार, सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डार तथा प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रहादुर आङ्बो सहित केही सांसदहरूको उपस्थितिमा सभा नयाँ ठाउँबाट संचालनमा ल्याएको हो। 

तत्कालीन जिल्ला विकास समितिको भवनबाट संचालनमा रहेको प्रदेश सभा नयाँबाट संचालनमा ल्याइएको हो।

नयाँ ठाउँमा प्रदेश सभा सरेपछि प्रतिक्रिया दिँदै उपसभामुख सृजना दनुवारले तत्काललाई सारिएको भएपनि सभा सञ्चालनमा केही समय लाग्नसक्ने बताइन्। बिचमा रहेको टिनको टहरोलाई मर्मत सम्हार पछि सभा सञ्चालन गर्न सकिने बताइन्।

यस्तै नवनियुक्त सचिव सुदर्शन खड्काको नयाँ ठाउँबाट नै शपथ गराइएको छ। संघीय संसद सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई आजै प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सचिवमा नियुक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad