झापाको बिर्तामोड नगरपालिका–२ रामचोकबाट प्रहरीले लुटिएका गोली तथा सामाग्री सहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध ब्युरो इकाई काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अनारमनी प्रहरी कार्यालयबाट लुटिएका हातहतियारका गोलीहरु बरामद गरेको हो।
प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ रामचोकमा लाल ब। गिरीको घरमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको कोठाबाट एसएलआरका ३८ राउण्ड, ईन्सास राइफलका १६ राउण्ड, काँसको थाल १ वटा, करुवा १ वटा, पित्तलको गिलास १ वटा र प्रहरीको बुट १ जोर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी लुटपाटमा संलग्न रहेका बिर्तामोड–२ रामचोक निवासी २२ वर्षीय विकास टुडु समेतलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई बरामद सामाग्रीसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया