पूर्वगृहमन्त्री भीम रावलले भदौ २३ को जेनजी आन्दोलनअघि शक्तिशाली मुलुकले नेपालमा धेरै ठूलो चलखेल गरेको आरोप लगाएका छन्।
बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका रावलले शक्तिशाली देशका जहाज नेपालमा ल्यान्ड भएको विषयमा तत्कालीन सरकारले जानकारी किन नदिएको भन्दै प्रश्न गरे।
'म केही महिनादेखि त्रिभुवन विमानस्थलमा केके विदेशी चलखेल भइरहेका छन् भनेर बुझिरहेको छु,' भदौ २३ अघिको घटना भन्दै उनले सुनाए, 'शक्तिशाली देशको जहाज त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्यो। त्यसको न सरकारले जानकारी गराउँछ। न केही आउँछ। अनि भदौ २३ गते नेपालको इतिहासमा नभएको क्षति हुन्छ। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका खरानी हुन्छ। हामी सोचौँ त - कस्तो सुरक्षा प्रणाली २ दिन पनि नटिक्ने?'
उनले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अगाडिको बाटो तय गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे।
Shares

प्रतिक्रिया