कोशी


मोरङमा गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्ससहित २ जना पक्राउ

मोरङमा गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्ससहित २ जना पक्राउ

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १४:१७, विराटनगर

मोरङको जहदा गाउँपालिका-३ बाट लागू औषध गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्स र चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले गएराति एम्बुलेन्ससहित २ जना पक्राउ परेका हुन्। 

प्रहरीले स.१ च ६५६ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त सवारीसाधनभित्र कालो झोलामा लुकाइछिपाई राखिएको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको जनाएको छ।

गाँजा बरामदसँगै प्रहरीले एम्बुलेन्स चालक विराटनगर-५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्ससँगै आएका मोटरसाइकल (को.३१ प ८८८९) चालक जहदा गाउँपालिका-३ का ३२ वर्षीय दिलिपकुमार राजवंशीलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बरामद लागू औषध र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad