जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचयपत्र सम्बन्धी सबै सेवा तत्काल शुरू नहुने भएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि सो सेवा स्थगित गर्ने भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
कार्यालयले असोज २२ गते सूचना जारी गर्दै भदौ २४ गतेको जेनजी आन्दोलन का क्रममा आन्दोलनकारीहरूले कार्यालयमा गरेको आगजनी र तोडफोडका कारण राष्ट्रिय परिचयपत्र दर्ता तथा कार्ड वितरणका उपकरण र सामग्रीहरूमा क्षति पुगेकोले तत्काल सेवा सुरू हुन नसक्ने जानकारी गराइएको छ।
क्षति पुगेका उपकरण मर्मत तथा पुनः सञ्चालनका लागि तयारी भइरहेको बताइएको छ।
51
Shares

प्रतिक्रिया