कोशी


पाँचथर दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ६ जनाको उद्धार

पाँचथर दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ६ जनाको उद्धार

सुमन सुस्केरा
असोज १८, २०८२ शनिबार १५:१०, विराटनगर (मोरङ)

पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडाबाट पहिराेमा बोलेरो दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ।

६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ।

ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो दुर्घटना भएको थियो।

दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए। 

दुर्घटनामा ६ जनाकाे मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट शव निकाल्ने काम भइरहेकाे कर्णले बताए। उनका अनुसार, अहिले शव बाेक्ने काम भइरहेको छ, मृतकको पहिचान खुलेको छैन। बाेलेराे सडकबाट ५ सय मिटर तल खसेको थियाे।

नक्सामा हेर्नुहोस् दुर्घटनास्थल

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad