कोशी


सुनसरीबाट १८ बोरा गाँजा बरामद

सुनसरीबाट १८ बोरा गाँजा बरामद

नेपालखबर
असोज १२, २०८२ आइतबार १५:३२, काठमाडौँ

सुनसरीको कोसी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। कोसी गाउँपालिका ७ मा बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले फेला पारेको हो।

चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा गए राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोसी गाउँपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

करिब ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गाँजा बरामद भए सँगै ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको छ। 

यसै गरी उदयपुरको अस्थायी प्रहरी पोस्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका–१७ की लीला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान– ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम  गाँजा सहित नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad