कोशी


धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

नेपालखबर
असोज ४, २०८२ शनिबार १६:३६, धरान (सुनसरी)

धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे। 

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरिएको छ।  

सहरी योजना तथा भौतिक पूर्वाधार विकासततर्फ ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ। 

साथै आर्थिक विकासतर्फ १ करोड २९ लाख, वन वातवरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ २० लाख, सार्वजानिक जग्गा संरक्षणतर्फ  १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख विनियोजन गरिएको छ। चालु आवका लागि धरानका २० वटा वडाका लागि २१ करोड विनियोजन गरेको छ। 

त्यसैगरी नगर कार्यपालिकातर्फ निसर्त विनियोजन र १ अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट  ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट १ करोड ८२ लाख र विशेष अनुदानबाट ५ करोड ४३ लाख विनियोजन गरिएको छ। 

नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad