राजनीति


गगनसँगको भेटमा सुदनले भनेका थिए- तपाईंहरू के के गर्ने हो गर्नु, यी बुढा नेताहरू यसरी आउन भएन

गगनसँगको भेटमा सुदनले भनेका थिए- तपाईंहरू के के गर्ने हो गर्नु, यी बुढा नेताहरू यसरी आउन भएन

नेपालखबर
असोज ४, २०८२ शनिबार १७:८, काठमाडौँ

जेनजी आन्दोलनका अगुवामध्यका एक एवं हामी नेपालका संस्थापक सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बुढा नेताहरू अझै पनि अगाडि आउन नहुने सुझाव दिएका छन्। 

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा उनले थापासँग भेट गरेका थिए। अरु कसैसँग नभेटेका गुुरुङले करिब ४ मिनेट उनीसँग कुरा कानी गरेका थिए। 

शनिबार भिडिओ विज्ञप्ति जारी गर्दै भेटबारे उनले भने, ‘मैले गगन दाइलाई नि भेटेँ, गगन दाइलाई भने- यस्तो तालले भएन दाइ। तपाईंहरू के के गर्ने हो गर्नु। यी बुढाहरू यसरी आउन भएन।’

संविधान दिवसका अवसरमा आयेजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, बाबुराम भट्टराई उपस्थित थिए भने अन्य राजनीतिक दलका नेताहरूको बाक्लो उपस्थिति थियो।

गुुरुङले संविधानले नै पुराना नेताहरुको सुरक्षा गरेको बताएका थिए। संविधान खारेज गर्दा राष्ट्रपति पनि नरहने र देश अभिभावकविहीन हुने भएर आफूहरुले संविधान बचाउन तर्फ लागेको समेत उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad