कोसी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाबाट पारित दुई विधेयकलाई प्रमाणीकरण गरेका छन्।
प्रमुख खापुङले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रमाणीकरण गरिएका विधेयकहरूमा कोशी प्रदेश तथ्याङ्क सम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक, २०८२ र कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
123
Shares

प्रतिक्रिया