बागमती


ध्वस्त प्रदेश सभा अवलोकनपछि जम्कट्टेल भन्छन्ः प्रदेश सरकार गैरजिम्मेवार बन्यो

ध्वस्त प्रदेश सभा अवलोकनपछि जम्कट्टेल भन्छन्ः प्रदेश सरकार गैरजिम्मेवार बन्यो

नेपालखबर
असोज २, २०८२ बिहिबार २०:११, हेटौँडा

बागमती प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपद्का बेला प्रदेश सरकारको भूमिका कमजोर भएको बताएका छन्।

बिहीबार (आज) आगजनीबाट क्षति भएको प्रदेश सभा भवनको अवलोकन पश्चात् माओवादी बागमती संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकार अगाडि देखिनुपर्ने बेला लुकेर बसेको भन्दै कमजोर भूमिका रहेको बताएका हुन्।

आफूहरू कार्यकारी पदमा नभएका कारण प्रदेश संरचनामा यतिधेरै क्षति पुग्दा पनि केही गर्न नसकेको उनले बताए।

‘प्रदेश सभा सबै दलको साझा हो। तर सरकारले जसरी अग्रणी भूमिका खेल्न सक्छ, प्रतिपक्षीले केही गर्न सक्दैनौं,‘ उनले भने, गणतन्त्र थोरै बलिदानीले आएको होइन। यसलाई जोगाउन, प्रदेश संरचना प्रति नैराश्यता अन्त्य गर्न प्रदेश सरकारकै पहिलो भूमिका हुन्छ। अहिलेको सरकार जिम्मेवार बनेको पाइएन। यहाँ यत्तिको क्षति हुँदा मुख्यमन्त्री र मन्त्रीज्यूहरूको फोन नलाग्नु, लागे पनि रिसिभ नगर्नु जस्तो गैरजिम्मेवारीपन अरु के होला र?’

प्रदेश विपद्मा परेको बेला संघीय राजधानी बस्नु भन्दा प्रदेश राजधानीमा आएर कसरी अघि बढ्ने भन्ने खाका तयार गर्नुपर्नेमा लामो समयसम्म सरकार बेपत्ता हुनु दुखद् भएको उनले बताए।

जेन–जी  पुस्ताले गरेको प्रदर्शनको नाममा भौतिक सम्पत्तिमाथि भएको आक्रमण र क्षति निन्दनीय भएको जम्कट्टेलले बताए। जेन–जी को नाममा घुसपैठ गरेर यतिधेरै भौतिक सम्पत्तिमाथि क्षति पुगेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad