कोशी


पाँचथरमा पहिरो जाँदा दर्जनौँ परिवार जोखिममा, ४३ जनाको उद्धार

पाँचथरमा पहिरो जाँदा दर्जनौँ परिवार जोखिममा, ४३ जनाको उद्धार

सुमन सुस्केरा
असोज २, २०८२ बिहिबार १२:१, विराटनगर

वर्षाका कारण पाँचथर जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा दर्जनौँ घर जोखिममा परेका छन्। 

यस क्रममा ४३ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

जिल्लाका याङ्वरक, फालेलुङका बस्तीहरूमा पहिरो गएको हो। 

याङवरक गाउँपालिका-४ खमोरस्थित एक घरको भुइँ भासिँदा पर्खाल भत्किएको छ।

जसका कारण त्यहाँ बस्ने तीन जना आफन्तको घरमा शरण लिन बाध्य भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डीएसपी काैशलकुमार बुढाथोकीले जानकारी दिए।

यस्तै फालेलुङ गाउँपालिका-५ लुमाङदिनमा माथिबाट पहिरो खस्दा तीन घर उच्च जोखिममा परेका छन्। यहाँका १९ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

फालेलुङ गाउँपालिका-३ पाङलेपामा पनि पहिरोका कारण ६ घर जोखिममा परेका छन्।

साे परिवारका २४ जनालाई सुरक्षित स्थानमा सारिएको डीएसपी बुढाथोकीले बताए।

स्थानीय तहका प्रतिनिधिले पहिरोको जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सहयाेग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad