बिर्तामोडका स्थानीयले शान्तिको कामना गर्दै सेतो झण्डा फहराएका छन्। उनीहरूले विर्तामोडको मुक्ति चोकमा भेला भएर सेतो झण्डा फहराउँदै शान्तिको कामना गरेका हुन्।
सोमबार र मंगलवार विर्तामोड क्षेत्र तनावग्रस्त बनेको थियो। विहानै सरसफाईमा निस्किएका स्थानीयहरूले सडकमा भएको फोहोर समेत सरसफाइ गरेका थिए।
कोशी प्रदेशका केही ठाउँमा लुटपाट भएको खबर आएपनि अधिकांश ठाउँ अहिले शान्तिपूर्ण बन्दै गएको छ। हिजो राति देखि नै नेपाली सेना परिचालन गरिए पछि नागरिक राहत महसुस गरेको थिए।

विराटनगरमा बिहानैदेखि सेनाले सवारी, पैदल गस्ती गर्दै कर्फ्यु लागेको कारण ब्यवसाय बन्द गरेर शान्तिपूर्ण वातावरण सिर्जना गर्न आग्रह गरेको थियो। त्यसपछि सबैले नेपाली सेनालाई सहयोग गरेका छन्।
अहिले अहिले अधिकांश ठाउँमा नेपाली सेनाले गस्ती बढाएको छ। विराटनगरको भाटभटेनीमा लागेको आगो २२ घण्टादेखि नियन्त्रणमा आउन सकेको छैन। निरन्तर आगो लाग्दा आसपासका भूमि तातिएर फुल्न थालेको छ।
Shares

प्रतिक्रिया