चिकित्सा शिक्षा आयोगले डीएम एमसीएच र एनबीएमएसको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।
आयोगले आज सूचना प्रकाशन गरी भदौ २८ गते हुने प्रवेश परीक्षा स्थगित भएको जनाएको हो।
आयोगले अर्को सूचना प्रकाशित नभए सम्म प्रवेश परीक्षा स्थगित गरिएको जनाएको छ।
चिकित्सा शिक्षा तर्फको स्नातोत्तर तह (एमडी, एमएस) पछि कुनै विषयमा विशेषज्ञता हासिल गर्न पढिने डीएम एमसीएच र एनबीएमएस प्रवेश परीक्षा आगामी शनिबार सञ्चालन गर्ने तयारी गरेको थियो।


प्रतिक्रिया