झापामा मंगलबार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको घरमा तोडफोड गरिएको छ।
झापा क्षेत्र नम्बर १ का सांसदसमेत रहेका शर्माको धुलाबारीस्थित घरमा प्रदर्शनकारीले आगो लगाइदिएका हुन्।
प्रदर्शनकारीले घरभित्र रहेका सबै सामान बाहिर निकालेर जलाएका हुन्।
जेनजी आन्दोलन कोसी प्रदेशमा पनि उग्र बनेको छ।
आन्दोलन नियन्त्रण बाहिर गएको छ।
झापा, विराटनगर र इटहरी तनावग्रस्त बनेको छ।
विराटनगरको प्रदेश सभाभित्र प्रवेश गर्न लागेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
मास्क तथा रुमालले मुख बाँधेका व्यक्तिहरूले शर्माको घरमा आगो लगाएका हुन्।
777
Shares

प्रतिक्रिया