सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरूद्धका रिट सर्वोच्च अदालतले दर्ता गर्ने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो।
यसअघि सर्वोच्च प्रशासनले १० वटा रिट दर्ता गर्न नमिल्ने भनेको थियो।
प्रशासनको उक्त आदेशविरूद्ध परेका निवेदनमा सुनुवाइ गरी प्रशासनको निर्णय दरपीठ गरिदिएको हो।
बन्द गरिएका २६ वटै सामाजिक सञ्जाल गएरातिदेखि सरकारले खुला गरिसकेको छ।
495
Shares

प्रतिक्रिया