कोशी


विराटनगरमा प्रदेशसभा गेट अगाडि प्रदर्शन

विराटनगरमा प्रदेशसभा गेट अगाडि प्रदर्शन

सुमन सुस्केरा
भदौ २३, २०८२ सोमबार १५:१६, विराटनगर

कोसी प्रदेशको राजधानी विराटनगरमा जेनजी प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन्।

प्रहरीले लगाएको निषेधको घेरालाई भत्काउँदै प्रदेशसभा परिसरमा प्रवेश गरी सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै विभिन्न मागसहित प्रदर्शनलाई उग्र बनाएका हुन्।

यसअघि अस्पताल चोकतर्फबाट अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको थियो। तर, आन्दोलनकारीहरू पुनः जुट्दै प्रदेशसभा गेट अगाडि पुगेका थिए। प्रदेश सभाको गेटमा करिब २ सय बढी जेनजी पुगेका थिए।

प्रदर्शनका क्रममा उनीहरूले विराटनगर महानगरपालिका, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि पनि नाराबाजी गरेका थिए। महानगरपालिका परिसरमा केहीबेर बोतल लगायत ढुंगा प्रहार गरेको  प्रहरीले जनाएको छ।

प्रदर्शन सन्सारी माइस्थानबाट सुरु भई रोडसेश चोक हुँदै मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढ्ने क्रममा प्रहरीले रोक्न खोजेपछि उनीहरू प्रदेशसभा तर्फ लागेका थिए।

प्रदेशसभा गेट अगाडि उनीहरूले करिब एक घण्टा लामो प्रदर्शन गर्दै नाराबाजी गरिरहेका छन्। उता इटहरीमा जेनजी युवाहरू इटहरी उपमहानगरपालिका भित्र प्रवेश गरेका छन्। 

उनीहरूले तोडफोड तथा आगजनी गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad