कोशी


मन्त्रीले सचिवको गाडीको चाबी खोसेकोमा कर्मचारी संगठनको आपत्ति

मन्त्रीले सचिवको गाडीको चाबी खोसेकोमा कर्मचारी संगठनको आपत्ति

नेपालखबर
भदौ १६, २०८२ सोमबार २१:१८, विराटनगर

कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका प्रदेश सचिव डा‍ शरणकुमार पाण्डेको कार्यलयीय प्रयोजनमा प्रयोग हुँदै आएको सरकारी गाडीको चाबी चालकमार्फत खोसेको घटनाप्रति कर्मचारी संगठनले आपत्ति जनाएको छ। 

नेपाल निजामती कर्मचारी संगठन, कोसी प्रदेश कार्य समितिका अध्यक्ष हरि सुवेदीले जारी गरेको विज्ञप्तिमा सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

संगठनले मन्त्रीको यस्तो व्यवहारले राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने, असुरक्षित कार्य वातावरण सिर्जना गर्ने र प्रशासनिक कामकाज प्रभावित हुने ठहर गरेको छ।

संगठनले जिम्मेवारीपूर्वक काम गर्दै आएका प्रशासनिक प्रमुखलाई सार्वजनिक रूपमा अपमान गर्ने क्रियाकलाप दोहोरिनु सरकारकै छविको लागि हानिकारक हुने चेतावनी दिएको छ।

‘यस्ता घटनाले सरकारी निकायभित्र असहज र अव्यवस्थित अवस्था ल्याउँछन्, त्यसैले प्रदेश सरकारले तुरुन्त आवश्यक कारबाही गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा सरकारी निकायमा सुरक्षित, शान्त र मर्यादित कार्य वातावरण कायम गर्न सरकारलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad