कोशी


चिया मजदुरको न्यूनतम पारिश्रमिक १०,१९२

चिया मजदुरको न्यूनतम पारिश्रमिक १०,१९२

नेपालखबर
भदौ १६, २०८२ सोमबार २१:७, विराटनगर

चिया उद्योग मजदुर र उत्पादकबीच लामो समयदेखि चलिरहेको पारिश्रमिक विवाद सहमतिमा टुंगिएको छ। नेपाल चिया उत्पादक संघ र विभिन्न ट्रेड युनियनबीच भएको वार्तापछि सोमबार सम्झौता भएको हो।

सम्झौताअनुसार चिया बगानमा कार्यरत मजदुरलाई हाल पाउँदै आएको न्यूनतम पारिश्रमिकमा वृद्धि गरिएको छ।

अब दैनिक ज्याला दर रु २८६.९२ बाट बढाएर रु ३९२.०६ निर्धारण गरिएको छ। मासिक आधारमा यो रकम रु ७,५७८ बाट बढेर रु १०,१९२ कायम हुनेछ।

यसैगरी, सहमति बमोजिम उद्योगमा कार्यरत स्थायी मजदुरलाई मासिक तलब रु ६,४५४ बाट बढाएर रु ८,६४९ कायम हुनेछ। यो निर्णय २०८२ साल श्रावण १ गतेदेखि नै लागू हुने भनिएको छ।

नेपाल चिया उत्पादक संघ रोजगारदाताको तर्फबाट संयोजक जयप्रकाश शर्मा, सदस्य विनय गोयल, शमिर पोखरेल, शुक्र दाहाल, राजेन्द्रकुमार राजबंशी लगायत युनियन प्रतिनिधिहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति कार्यान्वयनमा ढिलाइ नगरी तुरुन्त लागू गर्ने प्रतिबद्धता चिया उत्पादक संघ र मजदुर संघ दुवैले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad