कोशी


‘आतंकवादी’ नेपाल हुँदै बिहार प्रवेश गर्ने सूचना भन्दै सीमामा एसएसबीको कडाइ

आतंकवादी दाबी गरिएकाहरू मलेसिया फर्किए
‘आतंकवादी’ नेपाल हुँदै बिहार प्रवेश गर्ने सूचना भन्दै सीमामा एसएसबीको कडाइ

नेपालखबर
भदौ १२, २०८२ बिहिबार २२:०, विराटनगर

नेपाल हुँदै तीन पाकिस्तानी ‘आतंकवादी’  बिहार प्रवेश गर्न लागेको भन्दै भारतले जोगवनी नाकामा कडाइ गर्न थालेको छ। 

भारतीय सीमा सुरक्षा बल एसएसबीले खुफिया जानकारी प्राप्त भएको भन्दै ५६औँ वाहिनी मुख्यालय एससीबी बथनाहा तथा बाहिरी सीमा चौकीहरूमा सुरक्षा सतर्कता कडा पारेको हो।

खुफिया सूचना उद्धृत गर्दै एसएसबीले भनेको छ, ‘हसनैन अलि, आदिल हुसेन र मोहम्मद उस्मान नाम गरेका तीन जना आतङ्ककारी नेपाल हुँदै बिहार प्रवेश गर्ने तयारीमा रहेका हुनसक्ने जानकारी प्राप्त भएपछि सीमा क्षेत्रमा व्यापक चेकजाँच र गस्ती सञ्चालन गरिएको हो।’

सशस्त्र सीमा बल (एसएसबी), बिहार प्रहरी र कुकुर सहितको टोलीले बजार तथा सीमा क्षेत्रमा संयुक्त गस्ती गरेका छन्। गस्तीका क्रममा स्थानीयवासीलाई सचेत पार्दै आतंककारीहरूको तस्बिर सार्वजनिक गरिएको र कुनै पनि अपरिचित व्यक्ति देखिएमा तुरुन्तै एसएसबी वा प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ।

सुरक्षाकर्मीहरूले मुख्य सडक, पसल र वरपरका क्षेत्रमा उनीहरूको तस्बिरसहितका पोस्टर समेत टाँसेका छन्।

यस संयुक्त गस्ती तथा चेकजाँच अभियानमा एसएसबीका अधिकारी, मातहतका सुरक्षाकर्मी, अन्य बलका कर्मचारी रहेको जनाएको छ। यस बारेमा नेपालतर्फ भने नियमित सुरक्षाको बारेमा गर्नुपर्ने कामहरू भइरहेको प्रहरीले जनाएको छ।  

मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले भारतले आफ्नो सुरक्षाको लागि गरेको होला भन्दै त्यो बारेमा नेपाल तर्क कुनै जानकारी नभएको बताए।

उनले भने, ‘हामीले आफ्नो तर्फको सुरक्षा सतर्कताको कामहरू नियमित गरिरहेका छौँ।’

यसैबीच भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैस ‘ए’ मोहम्मदका सदस्य बिहार प्रवेश गरेको दाबी गरेका तीनै जना पाकिस्तानी नागरिक मलेसिया फर्किएको पुष्टि भएको छ। 

दुबईबाट एकसाथ काठमाडौँ आएका उनीहरू यहाँबाट छुट्टाछुट्टै मितिमा मलेसिया फर्किएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपालखबरलाई बताए।

यो पनि: भारतले आतंकवादी भन्दै नेपालबाट बिहार प्रवेश गरेको दाबी गरेका ३ पाकिस्तानी फर्किए मलेसिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad