ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा सोमबार भएको टिपर दुर्घटनामा एक जना मेकानिक बेपत्ता भएका छन्।
तमोर फाइभ हाइड्रोपावरमा प्रयोग भइरहेको ग १क ६३१८ नम्बरको टिपर मर्मत गर्ने क्रममा सडक किनारबाट करिब २५ मिटर तल तमोर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
दुर्घटनामा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ का २४ वर्षीय मेकानिक सुदीप सुवेदी बेपत्ता भएका छन्। टिपर नदीमा फेला परे पनि सुवेदीको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।
हाल प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी कार्य भइरहेको छ।
171
Shares

प्रतिक्रिया