राजनीति


एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्नुलाई माधव नेपालले भने: ‘पार्टी पुनर्गठन’

एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्नुलाई माधव नेपालले भने: ‘पार्टी पुनर्गठन’

नेपालखबर
भदौ ९, २०८२ सोमबार २१:१०, काठमाडौँ

नेकपा एकीकृत समाजवादी चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज (भदौ ९ गते) अध्यक्ष माधवकुमार नेपालले पार्टी पंक्ति, समर्थक, शुभचिन्तकलगायत सबैमा शुभकामना व्यक्त गरेका छन्।

नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्नुलाई अध्यक्ष नेपालले ‘पार्टी पुनर्गठन’ भनेका छन्। 

‘नेपालको कम्युनिस्ट आन्दोलनभित्रको एउटा विशिष्ट घटनाक्रमका रूपमा पार्टीलाई पुनर्गठन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेको आज चार वर्ष पूरा भएको छ। पाचौँ वर्ष प्रवेशको यस अवसरमा सबैभन्दा पहिले सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरका सपना पूरा गर्ने बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। साथै सम्पूर्ण पार्टी पंक्ति, समर्थक, शुभचिन्तकलगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘पुनर्गठन दिवसको अवसरमा हामी यी सबै उद्देश्य र ऐतिहासिक यात्रालाई स्मरण गर्दै राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।’

उनले अगाडि लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिता, कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्ध विद्रोहमार्फत गठन भएको हो। यसले स्थापनाकालमै कम्युनिस्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गर्दै आन्दोलनलाई शुद्धीकरण, एकीकरण र सशक्तीकरण गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad