झापामा एक किशोरीमाथि जवरजस्ती करणी गर्ने प्रयासमा संलग्न भएको आरोपमा २ जना बृद्ध पक्राउ परेका छन्।
प्रहरीका अनुसार भदौ ५ गते साँझ करिब ६ बजे झापा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङले १७ वर्षीया किशोरीलाई फकाई तथा डर त्रास देखाउँदै पाथीभरा सामुदायिक वनमा लगेर करणी गर्ने प्रयास गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ।
घटनाबारे सूचना भदौ ८ गते जिल्ला प्रहरी कार्यालय झापामा पुगेपछि सोही दिन प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको जनाएको हो।
प्रहरीले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सोमबार झापा जिल्ला अदालतमा पेस गर्दा अदालतले उनीहरूलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन म्याद दिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
Shares

प्रतिक्रिया