झापाको बिर्तामोड नगरपालिका–५ सुगम पेट्रोल पम्प नजिक पार्किङ गरी राखिएको ट्रकमा आज दिउँसो आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
ना ४ ख ४१८१ नम्बरको ट्रकमा करिब दिउँसो ४ बजेर ३० मिनेट जाँदा तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाबारे सूचना पाउने वित्तिकै इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको टोली, स्थानीयवासीको सहयोगमा मोटरको पानी प्रयोग गरी करिब ५ बजे आगो नियन्त्रणमा ल्याइएको थियो।
आगलागीबाट ट्रकको कागजातसहित अगाडिको क्याबिन र इन्जिनको भाग आंशिक जलेको र अनुमानित पाँच लाख रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। ट्रक भने घटनास्थलमै राखिएको प्रहरीले जनाएको छ।
48
Shares

प्रतिक्रिया