कोशी


झापामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु, चालक पति घाइते

झापामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु, चालक पति घाइते

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १०:२७, विराटनगर

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-७ पशुडाँडामा आज (मंगलबार) बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्। 

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक ९प्र१–०२–००२ ख ०९१२० ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक उनका श्रीमान्  ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका छन्।

उनको बाँया खुट्टामा चोट लागेको र अहिले दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने ट्रकका चालक तेह्रथुमको लालीगुँरास नगरपालिका-४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad