पूर्वपश्चिम राजमार्गअन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलमा आज (सोमबार) बिहान बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने १७ व्यक्ति घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान ७:१५ बजेतिर काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विङ्गर एकआपसमा ठोकिएका हुन्।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। उपचारका क्रममा थप एक जनाकाे मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको प्रहरीले जनाएको छ।
भोक्राहास्थित ग्लोबल कार्डियो एन्ड न्युरो अस्पतालमा उपचाररत १५ जनामध्ये २ पुरुषको मृत्यु भएको हो भने इनरुवास्थित सुनसरी जिल्ला अस्पतालमा उपचाररत १ महिलाको मृत्यु भएको हो।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर, १२ जनाको अवस्था मध्यम र १ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए।
उनीहरू पहिचान खुल्न बाँकी छ।
बस चालक झापा अर्जुनधारा नगरपालिका-१ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको छ भने विङ्गर चालक घाइते भई उपचाररत छन्।
दुर्घटनास्थलका थप तस्बिर:




Shares

प्रतिक्रिया