ताप्लेजुङमा भाइको हत्या आरोपमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ।
आठराई त्रिवेणी गाउँपालिका-४ आहालेका २२ वर्षीय मनकुमार बिकलाई आफ्नै भाइको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो।
साउन १६ गते (शुक्रवार) साँझ ६ बजे दाजुभाइबीच सामान्य विवादको क्रममा दाजु मनकुमारले आफ्नै भाइ २० वर्षीय रोशन बि.कलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
मनकुमारको खुकुरी प्रहारबाट रोशनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मन कुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको जनाएको छ।
हत्या आरोपमा पक्राउ परेका मनकुमारलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको ताप्लेजुङ प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया