कोशी


एमाले विराटनगर अधिवेशन : १४ वडामा सर्वसम्मत, ३ वटा वडामा चुनाव

एमाले विराटनगर अधिवेशन : १४ वडामा सर्वसम्मत, ३ वटा वडामा चुनाव

नेपालखबर
साउन १७, २०८२ शनिबार २०:४५, विराटनगर

नेकपा एमाले विराटनगर महानगरपालिका भित्रका एकै दिन १९ वटै वडाको अधिवेशन गरेको छ। 

अधिवेशनको क्रममा १४ वटा वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ। शनिबार एकै दिन भएको तेस्रो वडा अधिवेशनमा १४ वटामा सर्वसम्मत वडा कमिटीका अध्यक्षसहितको समिति निर्वाचित भएको विराटनगर महानगर कमिटीले जनाएको छ।
 
३ वटा वडामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदानबाट टुंगो लगाइएको छ। २ वटामा अधिवेशन स्थगित भएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान शर्माले जानकारी दिए। उनका अनुसार वडा नम्बर ७ र ९  वडा कमिटी अध्यक्षहरू एक जना अस्वस्थ र एक जना विराटनगर बाहिर भएका कारण अधिवेशन स्थगित भएको छ।

अधिवेशनबाट वडा नम्बर १ वडा कमिटी अध्यक्षमा ईश्वर रिजाल, वडा २ मा प्रवीणचन्द्र कर्ण, वडा ३ मा ईश्वर निरौला, वडा ५ मा राजेश गिरी, वडा ६ मा नारायण बराल, वडा ८ मा भुवन राजवंशी निर्वाचित एका छन्। 

वडा  ११ मा सूर्यकीरण घिमिरे, वडा १२ मा भानुभक्त पाठक, वडा १३ मा निरज बस्नेत, वडा १५ मा भिखारी खत्वे, वडा १६ मा धनकुमार लामा, वडा १७ मा मोहम्वत गुल्जार, वडा १८ मा जितेन्द्र कामत र १९ मा अमिर लाल चौधरी सर्वसम्मत निर्वाचित भएको सचिव शर्माले जानकारी दिए। वडा कमिटी अध्यक्षहरूमा ९ जना दोहोरिएका छन्।

विराटनगर ४, १० र १४ मा निर्वाचन भएको छ। वडा नम्बर १० मा कृष्णप्रसाद तिम्सिना र वडा नम्बर १४ मा सन्तोष शर्मा निर्वाचित भएका छन्। वडा नम्बर ४ मा नेतृत्व चयनकालागि निर्वाचन प्रक्रिया अघि बढेको महानगर कमिटी निर्वाचन समितिका संयोजक गणेशराज लुइँटेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad