झापा जिल्लाको भद्रपुर नगरपालिका–६ स्थित राधाकृष्ण टोलमा नाला निर्माणको काम गर्ने क्रममा पर्खाल लड्दा एक मजदुरको ज्यान गएको छ।
सघन सहरी भवन निर्माण विभागले निर्माण गरिरहेको नालाको कामका लागि यज्ञ निर्माण एण्ड सप्लायर्स प्रा।लि।ले खटाएको मजदुर, बिर्तामोड नगरपालिका–९ लक्कीबारी निवासी ३५ वर्षीय लक्ष्मण कामती, काम गर्दै गर्दा पर्खालको ढिस्कोले थिचिएका थिए।
दुर्घटना ईन्द्र राउतको घरको कम्पाउण्डमा पर्खाल लड्दा भएको बताइएको छ।
घाइते अवस्थामा कामतीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। तर, उपचारका क्रममा साँझ ५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
42
Shares

प्रतिक्रिया