कोशी


बजेटमा कोसीका पर्यटनमन्त्रीको मनपरी, आफ्नो क्षेत्रका मन्दिरलाई पैसाको खोलो

बजेटमा कोसीका पर्यटनमन्त्रीको मनपरी, आफ्नो क्षेत्रका मन्दिरलाई पैसाको खोलो

सुमन सुस्केरा
असार ७, २०८२ शनिबार १७:१६, विराटनगर

पर्यटनको क्षेत्रमा मठ मन्दिरलाई बजेट नै नहाल्ने बताएको सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३को लागि गुम्बा, मठ मन्दिर, क्लब लगायतको गेट निर्माणमा समेत बजेट विनियोजन गरेर कनिका छरे झैँ बजेट छरेको छ। 

क्षेत्राधिकार भन्दा बाहिर गएर क्यापसहरुको सौन्दर्यीकरणमा समेत बजेट हालेको छ। पर्यटन विकास आयोजना मोरङमार्फत खर्च गर्ने गरी पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा मठ मन्दिरका लागि मात्रै मनपरी बजेट खन्याएका छन्। 

उनले कोसी  गाउँपालिकाको हरेक टोल टोलमा मन्दिर निर्माणको लागि बजेट खन्याएका छन्। अन्य क्षेत्रलाई बेवास्ता गर्दै कोसी गाउँपालिकामा मात्रै ३० बढी योजनाहरू, इनरुवा नगरपालिकामा १५ बढी योजना, वराहक्षेत्र  नगरपालिकामा करिब १५ वटा योजना, भोक्राहा नरसिंहमा ८ वटा योजनाहरू प्रारम्भिक रूपमा देखिन्छ। 

उनले निर्वाचन क्षेत्रकोलागि छुट्याएको बजेट तथा कार्यक्रम अधिकांश मन्दिर निर्माण, सडक तथा बजार सौन्दर्यकरण, पार्क निर्माण तथा विभिन्न सामुदायिक भवनमा रकम खन्याइएको देखिन्छ। पर्यटन आयोजना कार्यालयका अधिकांश कार्यक्रमहरू वराहक्षेत्र, कोसी, इनरुवा र भोक्राहा नरसिंहमा केन्द्रित भएको देखिन्छ। 

सडक र बजार सौन्दर्यकरण
आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने बजारको सौन्दर्यकरण गर्न मनपरी बजेट हालिएको छ। जिल्ला प्रशासन कार्यालयको सौन्दर्यकरणकोलागि पनि बजेट हालेका छन्। कोसी टप्पु बन्यजन्त आरक्ष जाने बाटोको सौन्दर्यकरणको लागि २५ लाख, प्रकाशपुर बजार शौन्दर्यकरण वराहक्षेत्र १०मा २० लाख बजेट हालिएको छ। 

त्यस्तै भान्टाबारी बजारको सौन्दर्यकरण १५ लाख, चक्रघट्टी बजार सौन्दर्यकरण गर्न २५ लाख मन्त्री मण्डलले हालेका छन्। संघीय सरकार मातहतमा रहेको जिल्ला प्रशासन कार्यालयको सौन्दयकरणमा १० लाख, इनरुवा नगरपालिका २ धनिकलाल मेहताको घरदेखि दक्षिण जाने बाटोको दुवै तर्फ स्ट्रेट लाइट, ब्लक निर्माण कार्य सरस्वती मन्दिरसम्म सौन्दर्यकरणकोलागि १५ लाख बजेट हालिएको छ।  

त्यस्तै इनरुवा अस्पतालमा पार्क निर्माण र सौन्दर्यकरण ५ लाख तथा जिविसदेखि बबिया जाने बाटो सौन्दर्यकरणको लागि १० लाख बजेट हालिएको बजेट किताबमा उल्लेख छ। कोसी टप्पुमा पर्यटकीय सूचना केन्द्र सुदृढीकरणको लागि भन्दै दुई ठाउँमा बजेटमा उल्लेख भएको छ। 

संघीय सरकार अन्तरगत रहेको कोसीटप्पु कार्यालय परिसर भित्र पर्यटन प्रदर्शनकालागि आखेटोपहार, सङ्ग्रहालय स्तरोन्नति तथा सूचना केन्द्रको लागि ४० लाख र पर्यटकीय सूचना केन्द्रकोलागि थप २० लाख बजेट हालिएको छ।   

टोलै पिच्छे मन्दिर
बजार सौन्दर्यीकरणमा मात्रै मनमौजी गरिएको छैन हरेक टोलमा मन्दिर बनाउन बजेट हालिएको छ। कोसी गाउँपालिका अन्तरगत धेरै योजनाहरू छन् जसमध्ये मण्डल टोलको डिहिबार थान निर्माण गर्न भन्दै १० लाख बजेट पठाए। हनुमानजीको मन्दिर निर्माण गर्न मण्डल टोलमा नै १० लाख, कब्र स्थानको कमम्पाउण्डवाल निर्माणमा १० लाख, अधुरो शिवपार्वती मन्दिर निर्माणमा १० लाख बजेट हालिएको छ।
 
शिव दुर्गा पीठ मन्दिर ५ लाख, आदिपराशक्ति नाँद धर्म बेलस मठकोलागि १० लाख, शिव मन्दिर निर्माण भाण्टावारी १५ लाख, शिव पार्वती मन्दिर कोसी १ मा  ५ लाख, भोला टोलको डिहिवारथान निर्माणमा ५ लाख, लोकेश्वर नाथ शिव मन्दिर लोकही बजारलाई २० लाख, अकबर सिद्दिगी कब्र स्थानको घेरा बारा ५ लाख, काली मन्दिर बङ्गाली टोललाई २० लाख बजेट हालिएको छ। 

झडुवा कब्र स्थान कम्पाउन्डवाल निर्माण ५ लाख, पश्चिम कुशाहाको डिहिवारथान ५ लाख, अर्ना अंकित नहर चोकमा प्रवेशद्वार निर्माण गर्न १५ लाख, काली मन्दिर निर्माण तथा घेरा बारा ११ लाख, कोसी माविमा सरस्वती मन्दिर निर्माण १० लाख बजेटमा व्यवस्था छ।  

डिहिबार थान निर्माणमा ५ लाख, इरन टोल इदगाहको कम्पाउन्डवाल निर्माण तथा जमिन ढलानमा १० लाख, खालिल कब्र स्थान घेरा बारा तथा मर्मत ५ लाख,  राइनटोलको कब्र स्थानको कम्पाउन्डवाल तथा गेट निर्माणमा १० लाख, कोसी ५ मा दारुलहोदा मदरसाअगाडि बिश्रामालय निर्माणको लागि ५ लाख हालिएको छ।  

विष्णुदेव साहको घर छेउ राम जानकी मन्दिर अधुरो निर्माण कोसी गापा २ मा ७ लाख, मटुकलाल मुसहर टोलमा दिनाभद्रीनाथ मन्दिर निर्माणमा ६ लाख, पुरानो श्रीपुर १ काली मन्दिर अधुरो निर्माणका लागि ५ लाख बजेटमा उल्लेख गरिएको छ। 

त्यस्तै मन्त्री कै निर्वाचन क्षेत्र अन्तरगत पर्ने वराहक्षेत्र नगरपालिकामा पनि उस्तै योजनाहरूलाई प्राथमिकतामा राखेको देखिन्छ। अधुरो राजावास यूथ क्लबको सामुदायिक भवन मर्मत गर्न १० लाख, राम जानकी मन्दिरको घेरा बारा तथा धर्मशाला निर्माणमा १० लाख, उराव टोलको दिनाभद्री मन्दिर निर्माणमा १० लाख राखिएको छ। 

राम जानकी मन्दिर घेरा बारा वराहक्षेत्र १० मा १० लाख, हनुमान मन्दिर निर्माण गर्न बराह क्षेत्र ११ मा ५ लाख, नेवा देयदवु वराहक्षेत्रलाई भवन निर्माणको लागि भन्दै ७ लाख बाँडेको सकारकारले भर्खरै सार्वजनिक गरेको बजेट किताबमा उल्लेख छ। 

राजाबासमा रहेको दुर्गा मन्दिर पुन निर्माणमा १० लाख, आदिवासी जनजाति भवन स्तरोन्नतिका लागि ७ लाख, शिवालय मन्दिर र धर्मशाला निर्माण बराह क्षेत्र ६ मा १० लाख बाँडेका छन्। गुप्त बराह गुफाको धार्मिक पूर्वाधार निर्माणमा ४० लाख, वराहक्षेत्र ३ बिचपानेमा साकेला थान मर्मत र घेरा बारामा ५ लाख बजेट  हालिएको छ। 

यो क्रम कोसी गाउँपालिकामा मात्रै  भएको छैन भोक्राहा नरसिंहमा पनि उस्तै नै छ तर कोसी भन्दा कम छ। भोक्राहा नरसिंह गाउँपालिका २ अकाहमा भगवती मन्दिर ५ लाख, भोक्राहा नसिंंह गापाको सिंह वाहिनी सामुदायिक बनमा पार्क निर्माणमा १० लाख बजेट हालिएको छ। 

सहिद ब्रह्मदेव उराउँ मण्डेला प्रवेशद्वार निर्माणलाई १० लाख, शैलेश मन्दिर निर्माणमा १० लाख, नुरपुर कब्र स्थान १० लाख, राय दलित टोल डग्रिन थान निर्माणमा १० लाख, राम जानकी मन्दिर अधुरो काम सम्पन्न ५ लाख छुट्याएको छ। भोक्राहा नरसिंह गाउँपालिका ४ को उराव र मेहता टोलको बिचको राजाजी थान निर्माणको लागि ५ लाख बजेट छ। 

त्यस्तै इनरुवा नगरपालिकामा पनि वडा छुट्याएर आफ्नै क्षेत्रमा मात्रै बजेट मन्त्री मण्डलले हालेका छन्। इनरुवा ४ को जानकी मन्दिरलाई ५ लाख, इनरुवा ८ को हरिहर मन्दिरलाई १५ लाख, हनुमान मन्दिर निर्माण गर्न २५ लाख, सुनसरीको खोलाको स्वर्गद्वारी घाटको अधुरो कार्यलाई १० लाख, राजाजी डिहिबार थान निर्माणमा १० लाख, इनरुवा २ मा राम जानकी मन्दिर ट्रस निर्माणमा ७ लाख राखिएको छ।
 
नेवा सांस्कृतिक पार्क निर्माणको लागि दुई वटा बजेट हालिएको छ।  नेवा सांस्कृतिक पार्क निर्माणमा १० लाख र नेवा सांस्कृतिक भवन तथा हातेमालो पार्क निर्माणका नाममा १२ लाख बजेट बाँडिएको छ। शिव मन्दिर अधुरो निर्माण ३५ लाख,  इनरुवा ३ महेन्द्र चोकमा क्रियापुत्री भवन निर्माणमा ५ लाख ५० हजार,  इनरुवा ६ मा लखन झोडा स्कुल छेउको सरदार टोलको ग्रामथान मर्मतमा ५ लाख बाँडिएको छ। 

सँगै रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर ३९२० मा भने जम्मा ८ लाख मात्रै बजेट छुट्टाएको सो निर्वाचन क्षेत्रका सांसद रामदेव यादवले बताए। उद्योग पर्यटन वन वातावरण समितिका सभापति समेत रहेका सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा जम्मा ८ लाख मात्रै पर्यटन मन्त्रालयबाट बजेट प्राप्त भएको बताए। मन्त्री मण्डलले आफ्नो निर्वाचन क्षेत्र मात्रै देखेकोले उहाँ सबैको नेता र प्रदेशको मन्त्री बन्न नसकेको टिप्पणी गरे।

निर्माणलाई १० लाख, शैलेश मन्दिर निर्माणमा १० लाख, नुरपुर कब्र स्थान १० लाख, राय दलित टोल डग्रिन थान निर्माणमा १० लाख, राम जानकी मन्दिर अधुरो काम सम्पन्न ५ लाख छुट्याएको छ। भोक्राहा नरसिंह गाउँपालिका ४ को उराव र मेहता टोलको बिचको राजाजी थान निर्माणको लागि ५ लाख बजेट छ। 

त्यस्तै इनरुवा नगरपालिकामा पनि वडा छुट्याएर आफ्नै क्षेत्रमा मात्रै बजेट मन्त्री मण्डलले हालेका छन्। इनरुवा ४ को जानकी मन्दिरलाई ५ लाख, इनरुवा ८ को हरिहर मन्दिरलाई १५ लाख, हनुमान मन्दिर निर्माण गर्न २५ लाख, सुनसरीको खोलाको स्वर्गद्वारी घाटको अधुरो कार्यलाई १० लाख, राजाजी डिहिबार थान निर्माणमा १० लाख, इनरुवा २ मा राम जानकी मन्दिर ट्रस निर्माणमा ७ लाख राखिएको छ। 

नेवा सांस्कृतिक पार्क निर्माणको लागि दुई वटा बजेट हालिएको छ।  नेवा सांस्कृतिक पार्क निर्माणमा १० लाख र नेवा सांस्कृतिक भवन तथा हातेमालो पार्क निर्माणका नाममा १२ लाख बजेट बाँडिएको छ।  

शिव मन्दिर अधुरो निर्माण ३५ लाख,  इनरुवा ३ महेन्द्र चोकमा क्रियापुत्री भवन निर्माणमा ५ लाख ५० हजार,  इनरुवा ६ मा लखन झोडा स्कुल छेउको सरदार टोलको ग्रामथान मर्मतमा ५ लाख बाँडिएको छ। 

सँगै रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर ३(२) मा भने जम्मा ८ लाख मात्रै बजेट छुट्टाएको सो निर्वाचन क्षेत्रका सांसद रामदेव यादवले बताए। उद्योग पर्यटन वन वातावरण समितिका सभापति समेत रहेका सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा जम्मा ८ लाख मात्रै पर्यटन मन्त्रालयबाट बजेट प्राप्त भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad