कोशी


कोशी पर्यटन वर्षलाई सफल बनाउन छुटै छुट

कोशी पर्यटन वर्षलाई सफल बनाउन छुटै छुट

नेपालखबर
असार १, २०८२ आइतबार १७:१६, काठमाडौँ

कोशी प्रदेशले कोशी प्रदेश पर्यटन वर्षलाई सफल बनाउन चालू आर्थिक वर्षमा पदमार्ग, हिमाली ट्रेल, ट्रेकिङ र पर्यटक सूचना केन्द्रमा लाग्ने शुल्कमा पूर्ण रुपमा छुट दिएको छ। 

आइतबार बजेट वक्तव्यमा प्रदेशले पर्यटनसँग सम्बन्धित कार्यक्रममा छुट दिएको हो। 

प्रदेशले होटल तथा लज, रेष्टुराँ तथा रिसोर्ट र पार्टी प्यालेसलाई पर्यटन विकास (संशोधन सहित) नियमावली, २०७७ बमोजिम लाग्ने इजाजत र नवीकरण दस्तुरमा छुट हुनेछ।

छिमेकी मुलकका पर्यटक मात्र सीमा क्षेत्रबाट चढाएर कोशी प्रदेशभित्र वा अन्य प्रदेशका पर्यटकीय गन्तव्यसम्म प्रत्यक्ष सवारी सेवाको सञ्चालन गर्ने सवारीलाई सवारी साधन करमा पूर्ण छुट हुने व्यवस्था गरेको छ। 

पर्यटन व्यवसायको इजाजतपत्र प्राप्ति र नवीकरणका लागि बैंक जमानत २०८३ असार मसान्तसम्म राख्नु नपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad