समाज


सरकारले भन्यो: इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्

सरकारले भन्यो: इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्

नेपालखबर
असार १, २०८२ आइतबार १७:२१, काठमाडौँ

सरकारले इजरायलमा ५५ सय र इराजनमा रहेका १२ जना नेपाली सुरक्षित रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी पछिल्ला तीन दिनयता इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा आरजु राणा देउवाले तेल अभिभ  र दोहास्थित नेपाली दूतावासमा टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सहप्रमाणीकृत मुलुकमा रहेका नागरिकको सुरइक्षामा ध्यान दिन निर्देशन पनि दिएको जनाएको छ।  

सरकारले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियाली रहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।  

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad