कोसी प्रदेश सरकारले राजधानी तोक्ने बेलामा एउटा ऐन बनाएर सार्वजनिक गरेको बृहत् विराट क्षेत्र विकास ऐन कार्यान्वयन गर्ने क्रममा यो वर्ष जम्मा ३ करोड विनियोजन गरेको छ।
१८ वटा पालिकालाई समेटेर ल्याइएको ऐनमा कोसी प्रदेशको स्याटेलाइट सहरको रूपमा विकास गर्ने भनेर तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा ल्याइएको ऐन बल्ल कार्यान्वयनमा लग्ने गरी बजेट ल्याएको हो।
आगामी आर्थिक वर्षको बजेटको लागि १० अर्ब ५७ करोड ५१ लाख बजेट भौतिक पूर्वाधार, सरकारी संरचना र सहरी विकासकालागि विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताए।
प्रदेशको रहर सुन्दर सहर नारा दिएको सरकारले रङ्गेली र सूर्योदय नगरपालिकासँग मिलेर फोहोर व्यवस्थापनको लागि बजेट छुट्याएको छ।
बेलिब्रिज खरिद गर्न ११ करोड विनियोजन गरेको सरकारले चतरादेखि चौरीखक रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बजेटमा उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया