कोशी


झापामा डाइभर्सन बगेपछि वैकल्पिक बाटोबाट पूर्वपश्चिम राजमार्ग खुलाइयो

झापामा डाइभर्सन बगेपछि वैकल्पिक बाटोबाट पूर्वपश्चिम राजमार्ग खुलाइयो

नेपालखबर
जेठ १७, २०८२ शनिबार १०:१८, विराटनगर

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ मा कालीखोलाको डाइभर्सन बाढीले बगाएपछि वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ। 

निर्माणाधीन एसिया हाइवेको कालीखोलामा बनाइएको डाइभर्सन बिहान खोलाले बगाएको हो।

केही बेर राजमार्ग बन्द भए पनि अहिले वैकल्पिक बाटोबाट सवारीसाधन सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारीसाधनलाई अहिले शान्ति गाउँ वडा कार्यालय हुँदै काँकडभिट्टा बसपार्क आउजाउ हुने व्यवस्था मिलाइएको जानकारी प्रहरीले दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad