कोशी


विराटनगरमा उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन हुने

विराटनगरमा उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन हुने

सुमन सुस्केरा
जेठ ७, २०८२ बुधबार ११:४०, काठमाडौँ

उपपप्रमुखहरुको राष्ट्रिय सम्मेलन यही जेष्ठ २३ र २४ गते विराटनगरमा हुने भएको छ। 

देशभरका उपप्रमुखहरूले भोग्दै आएको समस्या, समस्या समाधान गर्नको लागि  गर्नु पर्ने कामहरूको विषयमा छलफल गर्नको लागि सम्मेलनको आयोजना गरिएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन्। 

सम्मेलनको लागि गर्नु पर्ने आवश्यक तयारीको बारेमा आन्तरिक कामहरू भइरहेको विराटनगर महानगरपालिकाले जनाएको छ। यस अघि काठमाडौँ महानगरपालिकाले उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो भनेँ यो वर्ष विराटनगर महानगरपालिकाले सम्मेलनको नेतृत्व लिएको उपप्रमुख कार्कीले बताइन्। 

उपप्रमुख कार्कीका अनुसार, दुई दिनसम्म चल्ने सम्मेलनमा उपप्रमुखहरूको सबै खालका काम, कर्तव्य र जिम्मेवारीहरू अनुगमन, राजश्व, न्यायिक समिति लगायतको विषयमा प्रस्तुतीकरण, प्यानल डिस्कसन तथा छलफलहरू हुनेछन्।

तीनवटा विषयमा हुने प्यानल डिस्कसनमा उपप्रमुखहरूले काम गर्दा झेल्नु परेका कानुनी जटिलता, कानुनमा संशोधन गर्नु पर्ने विषयहरूलाई दस्तावेजीकरण गरी सरकारलाई कानुन संशोधनको लागि सुझाव सहित बुझाउने तयारी रहेको उपप्रमुख कार्कीको भनाई छ। 

‘सम्मेलनमा सहभागी हुन देशभरबाट आउने उपप्रमुखहरूको नामावली संकलन कामहरू भइरहेको छ’, उपप्रमुख कार्कीले भनिन्, ‘९ गतेसम्ममा कति जना आउने भन्ने टुंगो लाग्ने छ।’ 

प्रारम्भिक चरणमा विराटनगरका सबै होटलहरुसँग कुरा भइरहेको उनले जानकारी दिइन्। विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगरको वीरेन्द्र सभागृहमा हुने कार्यक्रमलाई सफल बनाउन कोशी प्रदेश सरकारले समेत सहकार्य गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad