मोरङमा गुडिरहेको टिपरमा आगो लागेको छ। केहीबेर अघि प्र १ – ०२–००१ ख ८५३१ नम्बरको टिपरको तार सर्ट भई आगलागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।
उक्त टिपरमा विराटनगर १९ महेश राठी मिल छेउमा आगो लागेको थियो।
प्रहरीले भने आगलागीको कारण थाहा नभएको जनाएको छ।
आगलागी भएको केही बेरमा विराटनगर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ।
पछिल्लो समय गुडिरहेका सवारी साधनहरूमा आगो लाग्ने क्रम बढ्दै गएको छ।
69
Shares

प्रतिक्रिया