नेकपा (माओवादी) केन्द्र विराटनगर महानगर समितिको नगर सम्मेलनले सातौँ दिनमा नयाँ नेतृत्व दिएको छ। सबै नेता एकातिर लाग्दा विराटनगरको नेतृत्व चयनमा जनार्दन शर्मा लाइनका एक मात्रै नेता शिवकुमार मण्डलले प्यानल नै विजयी गराएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूह नै पराजित भएको छ। शनिबार विराटनगरमा भएको निर्वाचनबाट दिनेशकुमार राजवंशी(देव) अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा चन्द्रबहादुर बन, धर्मलाल माझी, सनोजकुमार यादव निर्वाचित भए।
सचिवमा सोनु केवट निर्वाचित हुँदा सहसचिवमा दिनेशकुमार कामत निर्वाचित भएका छन्। निर्वाचित भएकाहरू सबै जनार्दन शर्मा समूहबाट उम्मेदवार भएका थिए।
सचिवका प्रत्यासी मोहम्मद आजामले ३६ मत मात्रै प्राप्त गर्दा सहसचिवका प्रत्याशी भरत गिरीले ३२ मत प्राप्त गरे। यो मत परिणामबाट मोरङमा प्रचण्ड समूह कमजोर देखिएको छ। समूहलाई जिताउनका लागि मण्डल र भोगेन्द्र यादव दुई जना नै काफी भएको त्यो समूहको दाबी छ।
वैशाख ७ गते नै सुरु भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको सम्मेलनमा दाहाले सहमतिकै आधारमा नाम ल्याउन दबाब दिएका थिए।
नगर सम्मेलनमा सहभागी भएका ३५६ प्रतिनिधिबाट ८१ जना महानगर समिति सदस्यका लागि ८७ जनाले मनोनयन दर्ता गराएकोमा पछि ६ जनाले फिर्ता गरे पनि उनीहरूलाई सर्वसम्मत निर्वाचित गराइएको थियो।

शिवकुमार मण्डलले चौतर्फी घेराबन्दीका बाबजुदत पनि पदाधिकारीमा टिम नै आएको प्रतिक्रिया दिए। विराटनगर महानगरपालिकाको अधिवेशनमा प्रचण्डका ज्वाइँ जीवन आचार्यले कार्यकर्ताहरूका बीचमा खेलेको आरोप लागेको छ।
आचार्यले आफ्ना मान्छे ल्याउन खोज्दाको परिणाममा कार्यकर्ताहरूले अर्को समूहलाई जिताइदिएको समेत तर्क हुन थालेको छ।
नेतृत्व छान्न प्रचण्डबाटै ५ दिनसम्म अवरोध, सहमति नजुटेपछि बल्ल निर्वाचन प्रक्रियामा
Shares

प्रतिक्रिया