कोशी


झापामा बस दुर्घटना: २३ घाइते, यीमध्ये १४ जना आन्दोलनबाट फर्किएका शिक्षक (नामावली)

झापामा बस दुर्घटना: २३ घाइते, यीमध्ये १४ जना आन्दोलनबाट फर्किएका शिक्षक (नामावली)

शनिबार झापामा पल्टिएको बस। जसमा जम्मा २३ जना घाइते भएका छन् भने यीमध्ये १४ जना आन्दोलनबाट फर्किँदै गरेका शिक्षक छन्।


सुमन सुस्केरा
बैशाख १३, २०८२ शनिबार १०:१०, विराटनर

झापामा आज शनिबार बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ।

दुर्घटनामा चालकसहित कूल २३ जना घाइते भएका छन् भने यीमध्ये १४ जना काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले नेपालखबरलाई जानकारी दिए।

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको रात्रिबस शनिबार बिहान झापाको  शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधे मिलनचोकमा पल्टिएको हो। 

प्रहरीका अनुसार दुर्घटनामा बसका चालक झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिले बस्ने वर्ष ३८ का महेन्द्र कन्दङवा, अर्का चालक ओखलढुङगा मोलुङ गाउँपालिका-८ बस्ने वर्ष ३२ का दिलकुमार राई दुवै घाइते भएका छन्।

बाँकी २१ घाइतेमा १४ जना शिक्षक रहेको प्रहरीले जनाएको छ। केही सामान्य घाइते भएका छन् भने केही गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिले जानकारी दिएको छ।

घाइतेहरूलाई  उपचारका लागि बी एन्ड सी र बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

बी एन्ड सीमा उपचाररत घाइते  

१. झापा मेचिनगर नगरपालिका-१ बस्ने वर्ष- ५५ का टेक चन्द्र फुयाल (शिक्षक)

२. दोलखा गौरीशंकर नगरपालिका-४ बस्ने वर्ष ५२ का शान्तिप्रसाद उप्रेती 

३. इलाम सन्दकपुर गाउपालिका ५ बस्ने ४६ वर्षीय गोपाल खतिवडा (शिक्षक)

४. झापा मेचीनगर नगरपालिका १४ बस्ने वर्ष ५२ का सिकेन्द्र ढकाल (शिक्षक)

५. झापा अर्जुनधारा नगरपालिका १० बस्ने वर्ष ४० का लोकनाथ ढकाल (शिक्षक)

६. पाँचथर फाल्गुनन्द गापा ७ बस्ने वर्ष ४५ का सीताराम अधिकारी (शिक्षक)

७.  कालीकोट रास्कोट नगरपालिका ४ बस्ने वर्ष ३६ का पूर्णनाथ योगी (शिक्षक)

८.  झापा कचनकवल गापा ३ बस्ने वर्ष २० का श्याम तामाङ (शिक्षक)

९.  झापा मेचीनागर नगरपालिका १ बस्ने वर्ष ३९ का अनिल विक (शिक्षक)

१२ जना घाइतेको उपचार भने बिर्ता सिटी अस्पताल बिर्तामोडमा भइरहेको छ।

बिर्ता सिटीमा उपचाररत घाइते

१. झापा भद्रपुर नगरपालिका ५ बस्ने वर्ष ३७ का भोला पन्थी।

२. इलाम फाकफोथुम गाउँपालिका ३ बस्ने वर्ष ३५ का सन्तोष अचार्य  (शिक्षक)

३. झापा बिर्तामोड नगरपालिका ६ बस्ने वर्ष ४३ की शान्तिमाया राई  (शिक्षक)

४. मेचिनगर नगरपालिका  ९ बस्ने वर्ष ४६ का ईश्वरप्रसाद भण्डारी।

५. मेचीनगर नगरपालिका १३ बस्ने वर्ष ३२ की सिर्जना प्रसाईं (शिक्षक)

६. मेचीनगर नगरपालिका १३ बस्ने वर्ष ५२ की सीता मगर (शिक्षक)

७. मेचीनगर नगरपालिका १३ बस्ने वर्ष ५० का सीताराम रिमाल (शिक्षक)

८. मेचीनगर नगरपालिका ४ बस्ने वर्ष ५५ का मीनबहादुर पौडेल (शिक्षक)

९. पाँचथर निवासी वर्ष २८ का दीपक सुब्बा

१०. झापा मेचीनगर नगरपालिका ८ बस्ने वर्ष ४२ का पदमप्रासद पौडेल  (शिक्षक)

११.कनकाई नगरपालिका-३ बस्ने वर्ष २४ का राजन चिमरिया 

१२. रौतहट राजपुत नगरपालिका ५ बस्ने वर्ष २५ का विक्रम कुमार दास

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad